site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर पक्षको भेलाअगाडि पदयात्रा, कार्यक्रममा सहभागी नहुन केन्द्रको पत्र

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलामा सहभागी हुन आएका पार्टीका पालिका सभापतिहरूले मोरङको बेलबारीमा पदयात्रा गरेका छन् । मंगलबार इलाम, ताप्लेजुङ, भोजपुरलगायत जिल्लाका सभापतिले बेलबारीको बेतनादेखि लोहन्द्रासम्म पदयात्रा गरेका हुन् ।

बेलबारी हुँदै उनीहरू विराटनगर आउनेछन् । कार्यक्रम विराटनगरको जैन भवनमा दिउँसो १ बजे सुरु हुँदै छ । कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले बताए ।

यही मंसिर २२ गते कांग्रेस कोसी प्रदेश समितिको भेला विराटनगरमै आयोजना गरिँदै छ । त्यो कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुनेछन् ।

कांग्रेस केन्द्रीय कार्यालयले भने जिल्ला समितिका नाममा पत्र पठाएर मंगलबारको कार्यक्रम पार्टीको आधिकारिक नभएकाले सहभागी नहुन भनेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro