site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक

वेलिङटन । न्युजिल्यान्डका वैज्ञानिकले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेल माछाको विश्लेषण सुरु गरेका छन् । न्युजिल्यान्डको साउथ आइल्यान्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत र चुच्चो मुख भएको समुद्रको गहिराइमा बस्ने स्तनपायी जनावर ह्वेलको अध्ययन थालिएको हो ।

पाँच मिटर (१६.४ फिट) लामो उक्त ह्वेललाई जुलाईमा समुद्र किनारबाट निकालिएको थियो । त्यसपछि उसलाई विशेष ‘फ्रिजर’मा राखिएको थियो ।

ह्वेल विशेषज्ञ एन्टोन भ्यान हेल्डेनका अनुसार, वैज्ञानिकलाई पहिलोपटक कोदालीपाते दाँत भएको ह्वेलको नमुनाको विश्लेषण गर्ने अवसर मिलेको हो । “यो एक उल्लेखनीय र विश्वव्यापी रूपमा महत्त्वपूर्ण अवसर हो,” उनले भने ।

ह्वेलको व्यवहार, यसको आहार र आधारभूत शरीर रचनाका बारेमा हालसम्म प्राप्त गर्न नसकिएका जानकारी लिन अध्ययनबाट मद्दत पुग्नेछ । भ्यान हेल्डेनले भने, “चुच्चे ह्वेल संसारमा पाइने ठूला स्तनधारीहरूको सबैभन्दा रहस्यमय ह्वेल प्रजाति हो ।”

उनले भने, “तिनीहरू गहिरो स्थानमा रहने ‘गोताखोर’हरू हुन्, जसलाई समुद्रमा विरलै देखिन्छ र यी समुद्री जनावरहरूको अनुसन्धानका निम्ति कमै अवसर मिल्ने गर्छ ।”

उनले अगाडि भने, “संसारको कुनै पनि ठाउँबाट ज्ञात सातौँ नमुना मानिएको यो दुर्लभमध्ये सबैभन्दा दुर्लभ जन्तु हो र हामीले यसको चिरफार गरी अध्ययन गर्ने दुर्लभ अवसर पाएका छौँ ।”

न्युजिल्यान्डको संरक्षण विभागले कोदालीपाते दाँत भएको ह्वेल ‘विश्वकै दुर्लभ ह्वेल’ भएको जनाएको छ ।

सन् १८७४ मा न्युजिल्यान्डको पूर्वी तटस्थित चाथम टापुबाट संकलित तल्लो बंगारा र दुई दाँतबाट यो प्रजातिको वर्णन गरिएको थियो । उक्त नमुना र न्युजिल्यान्ड र चिलीमा भेटिएका अरू दुई नमुनाका कंकालका अवशेषले वैज्ञानिकलाई नयाँ प्रजाति पुष्टि गर्न आधार दिएको थियो ।

कोदालो–दाँतेदार ह्वेललाई न्युजिल्यान्ड ‘थ्रेट’ वर्गीकरण प्रणालीअन्तर्गत तथ्यांक कम भएको जनावरका रूपमा वर्गीकृत गरिएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro