site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वामीकार्तिक खापर गाउँपालिकामा एमालेकी भण्डारी निर्वाचित

काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की उमेदवार सुलोचना भण्डारी निर्वाचित भएकी छन् ।

उनी १ हजार ७४० मत ल्याएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन् । 

एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गाउँपालिकामा माओवादी केन्द्रका उमेदवार राजुकुमारी विश्वकर्माले एमालेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएकी थिइन् । माओवादीले एकीकृत समाजवादीलाई समर्थन गर्न निर्देशन दिएको थियो । 

२०७९ सालको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् । 

०७९ को निर्वाचनमा कांग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधनपछि उपनिर्वाचन भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro