site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तहमा रास्वपाको पहिलो जित, कांग्रेसले गुमायो काठमाडौं–१६ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीयमा खाता खोलेको छ । काठमाडौं महानगरपालिका वडा–१६ को अध्यक्ष पदमा रास्वपा निर्वाचित भएको हो । 

आइतबार भएको निर्वाचनको परिणाम सोमबार बिहान सार्वजनिक भएको हो । जसअनुसार वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।  नेपाली कांग्रेसका देवेन्द्र पाठक २८० मतान्तरले पराजित भए ।  कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए ।

नेकपा एमाले तेस्रो भएको छ । लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । 

एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् । 

उपनिर्वाचनमा रास्वापाले २७ स्थानमा उमेदवार उठाएको छ । मतगणना भइरहेका अन्यत्र स्थानमा भने रास्वपाको उपस्थिति खासै देखिएको छैन । ०७९ को स्थानीय तहको निर्वाचन हुँदा रास्वापाको स्थापना भइसकेको थिएन । उपनिर्वाचनमा रास्वपाले दलहरुको यसअघिको विरासत तोडेको छ । 

कांग्रेसले गुमायो, तुलाधर फेरि पराजित
०७९ को निर्वाचनमा काठमाडौं–१६ मा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा पनि रिजाल नै निर्वाचित भएका थिए ।

वडाध्यक्षमा निर्वाचित मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो । 
०७९ को निर्वाचनमा रिजालले चार हजार १९ मत पाएका थिए । निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले तीन हजार ३१० मत ल्याएका थिए । उनी उपनिर्वाचनमा पनि पराजित भएका छन् । 

एकीकृत समाजवादीका लक्ष्मण गमालले एक हजार ५८९, राप्रपाकी विन्दिका गुरुङले ५५७ मत पाएका थिए । स्वतन्त्र उमेदवार शान्जे गुरुङले ३२२, अर्जुन थापा क्षेत्रीले २१६, नेमकिपाका श्रीराम महर्जनले ३२, अर्का स्वतन्त्र वसन्तराज भेटुवालले १९ र स्वतन्त्र रामशरण पौडेलले ६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro