site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राखेपद्को 'स्पोर्टस फर फ्युचर' कार्यक्रमको सुरुवात

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ९ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ । नेपाली खेलकुदको इतिहासमै पहिलोपटक एन्थ्रोपोमेट्रिक टेस्टमार्फत खेलाडी छनोट हुन लागेको  हो ।

आठ वर्षे योजनाअनुसार स्पोर्टस फर फ्युचर (एसएफएफ) कार्यक्रमको सुरुवात गरिएको हो । ओलम्पिक सम्मको सहभागितालाई लक्ष्य राखेर शारीरिक बनोट र क्षमताको परीक्षणमार्फत खेलाडी छनोट कार्यक्रम सुरुवात गरिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।

Dabur Nepal
NIC Asia

एन्थ्रोपोमेट्रिक टेस्ट कोसी प्रदेशको इलाममा मंसिर १८–१९ र विराटनगरमा मंसिर २१–२२, मधेस प्रदेशको धनुषामा मंसिर २४–२५ र वीरगन्जमा मंसिर २७–२८, वाग्मती प्रदेशको भक्तपुरमा मंसिर ३०–पुस १ र चितवनमा पुस ३–४ तथा गण्डकी प्रदेशको पोखरामा पुस ६–७ र म्याग्दीमा पुस ९–१० गतेसम्म हुनेछ ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मंसिर १८–१९ र टीकापुरमा मंसिर २१–२२, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २६–२७ र सल्यानमा मंसिर २९–३० तथा लुम्बिनी प्रदेशको बर्दियामा मंसिर २३–२४ र दाङको बेल्झुण्डीमा पुस २–३ गतेसम्म सञ्चालन हुनेछ ।

सातै प्रदेशबाट समान १०–१० उत्कृष्ट बालबालिका छनोट गरी पहिलो वर्ष सामान्य तालिममा समावेश गरिनेछ । पहिलो वर्ष बालबालिकालाई मोटर सिपहरू जस्तै; गति, बल, समन्वय, लचकता र सहनशीलतामा सुधार ल्याउने उद्देश्यसहित सामान्य शारीरिक विकासमा ध्यान दिइने छ ।

दोस्रो वर्ष बालबालिकाको शारीरिक संरचना, मोटर सिप विकास र व्यक्तिगत चासोको आधारमा उनीहरूलाई विशेष खेलमा खेलकुद विज्ञानमा आधारित रहेर प्रशिक्षण दिने तथा खेल विज्ञानको सहायतामा पोषण, मनोविज्ञान र रिकभरी रणनीति बारे प्रशिक्षण प्रदान गरिनेछ । एक ओलम्पिक चक्रपछि पनि सम्बन्धित खेलको क्षमता प्रदर्शनमा सुधार नआएमा खेलाडीलाई निरन्तरता दिइने छैन ।

राखेपले छनोट भएका बालबालिकालाई आवास, अध्ययन, दैनिक खेलकुद तालिम, पोषण र स्वास्थ्य सेवा, खेल मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहायता र चोटपटक रोकथाम रणनीतिसम्बन्धी सेवा उपलब्ध गराउनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ००:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro