site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको छत्तीसगढ–तेलंगना सीमामा मुठभेडमा सात संदिग्ध माओवादी लडाकुको मृत्यु
तस्बिर : पीटीआई ।

नयाँ दिल्ली । छत्तीसगढ र तेलंगनाको सिमानामा पर्ने मुलुगु जिल्लामा सात संदिग्ध माओवादीको मृत्यु भएको दाबी गरेको छ । तेलंगना प्रहरीका अनुसार, प्रहरीले सुराकीका आधारमा सशस्त्र लडाकुको खोजी गरिरहेको समयमा ‘ग्रेहाउन्ड’का जवान र भारतीय माओवादी समूह (नक्सलवादी)बीच मुठभेड भएको हो । 

घटनास्थलबाट दुईथान एके–४७, एक इन्सास राइफलका साथै अरू हातहतियार, विस्फोटक पदार्थ र दैनिक उपभोग्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

मुलुगुको चालापाका वनक्षेत्रमा बिहान ५ः३० बजे सन्दिग्ध माओवादी लडाकुसँग सुरक्षाकर्मीको मुठभेड भएको थियो । एक घण्टाभन्दा बढी चलेको मुठभेडमा सात लडाकु मारिएका हुन् ।

उक्त क्षेत्रमा अझै खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अरू केही माओवादी घाइते भएका हुन सक्ने अनुमान गरिएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro