site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रामथानमा ७० प्रतिशत मत खस्यो
Tiktok banner adTiktok banner ad

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आइतबार अपराह्नसम्म ७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अपराह्नसम्म १८ हजार १८ जनाले मतदान गरिसकेका छन् । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् ।

जसका नौ हजार ४६० महिला र आठ हजार ५५८ पुरुषले मतदान गरेका छन् । निर्वाचन आयोगले तोकेको समय अवधिभर मतदान हुने भएकाले अहिले पनि मतदाताहरू मत खसाल्न लाइनमा उभिएका छन् ।

हालसम्म सबैभन्दा धेरै ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालय मतदान केन्द्रमा ७८.१२ प्रतिशत मत खसेको छ । त्यहाँ ७७७ मतदातामध्ये ६ सय ७ जना मतदान गरेका छन् ।

ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएको थियो ।

पालिका अध्यक्ष निर्वाचित गर्न उपनिर्वाचन भएको हो । ०७९ सालमा निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro