site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकका रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौंमा आइतबार (आज) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।

कार्यक्रममा अभिनेता तथा लुम्बिनी लायन्सका ब्रान्ड एम्बास्डर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्ससहित अरू अन्तर्राष्ट्रिय खेलाडी पनि उपस्थित थिए । यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आउँदो सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरे । कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

सहकार्यबारे लुम्बिनी लायन्सका अध्यक्ष जिसीले भने, “एनसेलजस्तो अन्तर्राष्ट्रियस्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवाप्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ । एनसेलजस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।”

लुम्बिनी लायन्ससँगको सहकार्यका बारेमा उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने, “हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहँदै आएका छाँै र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौँ । ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेटजगत्लाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्न चाहन्छौँ ।”

यो क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएलमा प्रहार गरिने प्रत्येक चौकाबराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई चारवटा एजुकेसनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल आउँदो बुधबार हुँदै छ । शनिबारदेखि सुरु एनपीएल आउँदो पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro