site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौँडाका १०२ वर्षीय लामिछानेले गरे मतदान

मकवानपुर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का १०२ वर्षीय गोविन्द लामिछानेले मतदान गरेका छन् । आइतबार वडाध्यक्ष पदका निम्ति भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरे ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई मतदानस्थलको व्यवस्था गरेको छ ।

कुल आठ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा चार हजार २२३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाता मतदान गर्न लामबद्ध छन् ।

विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक हजार ८४३ मत खसेको छ । वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई हजार ३८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro