खेल
काठमाडौं । एसीसी यू–१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलका लागि भएको टस जितेर बंगलादेशले फिल्डिङको निर्णय लिएको हो ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानविरुद्ध ४५ रनको जित निकालेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १०:४७
प्रतिक्रिया दिनुहोस्