site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बंगालको खाडीमा रहेको चक्रवात 'फेनजल' को आंशिक प्रभाव रहेको छ ।

देशभर मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Dabur Nepal
NIC Asia

विभागका अनुसार आज दिउँसो कोसी, मधेश प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति, कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro