राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बालुवाटारमा मंगलबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“मंगलबार बालुवाटारमा आधा घण्टा भेट भएको हो । के विषयमा कुरा भयो भन्ने जानकारी छैन,” स्रोतले भन्यो ।
भेटबारे भने परियारले कुनै जानकारी गराएका छैनन् । केहीअघि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन समय माग गर्दा नदिएको गुनासो गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १४:३४
प्रतिक्रिया दिनुहोस्