site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंक र समाज डेन्टल अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेल र समाज डेन्टलका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार, बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गरिनेछ । समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लसमार्फत भुक्तानी गर्दा ओपीडी दर्ता, डाक्टरको परामर्श र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाइने बैंकले जनाएको छ ।

बैंकका ग्राहकले एक्सरेबाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुस्ट १० प्रतिशत छुट समेत पाउनेछन् ।

किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टलमा उपचारबापत १५ हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

सुविधाको उपभोग गर्न इच्छुकले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro