site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
नेपाल फेस्टिभल सिड्नी सम्पन्न

सिड्नी । अस्ट्रेलियाको सिड्नी र यसको केन्द्रस्थित डार्लिङ हार्बरको टम्बलङ पार्कमा शनिबार नेपाल फेस्टिभल सिड्नी २०२४ भव्य रूपमा सम्पन्न भएको छ । न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्स साथै विपक्षी नेता र अरू संघीय र राज्यस्तरका राजनीतिकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालको कला–संस्कृति झल्कने प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो । गायक हेमन्त शर्मा, एक्स ब्यान्ड र आस्था राउतलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

s3-1732366406.jpg
मुलुक चिनाउने मेलाका रूपमा यो महोत्सव महत्त्वपूर्ण रहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलिया, न्यु साउथ वेल्सका संयोजक विनोद कुँवरले बताए । योपटक करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको भनाइ छ ।

महोत्सवअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा समेत गरिएको एनएसडब्ल्यू राज्यसचिव कल्याण खड्काले बताए ।

s2-1732366422.jpg

s4-1732369967.jpg

s5-1732369967.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro