site stats
बाह्रखरी :: Baahrakhari
देश
१८५ किलो गाँजासहित पिकअपका चालक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । १८५ किलो गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–६ का ३९ वर्षीय शेरबहादुर लामा छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित चेकपोस्टबाट उक्त गाँजासहित शुक्रबार बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

चितवनबाट हेटौँडा, सिन्धुली हुँदै बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च २२८० नम्बरको पिकअप गाडीमा फल्स बटम बनाई लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला परेको थियो । त्यसपछि गाडीचालक लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्