site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाराष्ट्रमा भाजपा नेतृत्वको गठबन्धनलाई २१६ सिटमा अग्रता

मुम्बई । भारतको महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणना अनुसार, महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारूढ महायुति र विपक्षी महाविकास अघाडीबीच छ ।

महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) छन् । महाविकास अघाडी (एमभीए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) र भारतीय कांग्रेस पार्टी समावेश छन् ।

प्रारम्भिक मतगणनाअनुसार, माहायुती गठबन्धनअन्तर्गत भाजपाले १२४, शिवसेनाले ५५ र अजित पवार नेतृत्वको एनसीपीले ३७ सिट गरी २१६ स्थानमा अग्रता कायम गरेका छन् ।

यस्तै, एनभीए गठबन्धनअन्तर्गत कांग्रेसले १९, शरदचन्द्र पवार नेतृत्वको एनसीपीले १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी)ले २० सिट गरी ५२ स्थानमा अग्रता कायम गरेका छन् ।

महाराष्ट्रमा नोभेम्बर २० मा २८८ विधानसभा सिटका निम्ति भएको निर्वाचनबाट चार हजारभन्दा बढी उमेदवारको भाग्यको फैसला हुनेछ ।

सन् २०१४ को विधानसभा चुनावमा शिवसेनाले ५६, एनसीपीले ५४ र कांग्रेसले ४४गरी १४४ सिट जितेका थिए । रासस÷एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro