site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
फाइल तस्बिर ।

नौमुले (दैलेख) । जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका–३, सिस्नेमा दुर्घटना हुँदा अवरूद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर सडकमा तेर्सिएर राजमार्ग अवरूद्ध भएको थियो । राजमार्गमै बस ठोकिएर सडकमा तेर्सिएपछि राजमार्ग अवरूद्ध भएको थियो ।

राजमार्ग  अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको भए पनि राति ८ बजेदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोपबहादुर महताराले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । उनीहरूको उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro