site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दश अर्बको एनआरएनए डेभलपमेन्ट फण्डलाई आईपीओ निष्कासनको बाटो खुल्यो

काठमाडौं । सरकारले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गर्दै पुँजीबजारमा एनआरएनहरूको लगानी भित्र्याउन सहज बताएको छ । सरकारले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका आठौँ संशोधनमार्फत संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासनका लागि बाटो खुला गरिदिएको हो ।

उक्त निर्देशिकाको परिच्छेद–२ मा (२क) थप गरी एनआरएनहरूलाई कम्पनीमार्फत नेपालमा लगानी भित्र्याउन सहजता दिइएको छ । गैरआवासीय नेपालीलाई पुँजीबजारमा भित्र्याउन यो फण्डको परिकल्पना गरिएको थियो । सोहीअनुसार केही वर्षअगाडि सीमित एनआरएनहरू कम्पनी दर्ता गरिएको थियो ।

निर्देशिका अनुसार फण्डले चुक्तापुँजीको दश प्रतिशतभन्दा कम नहुने गरी तथा ४९ प्रतिशतभन्दा बढी नहुनेगरी गैरआवासीय नेपालीका लागि सेयर आईपीओ निष्कासन हुनेछ । कम्पनीले निष्कासन गरेको आईपीओमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र बाहेकका विदेशी मुलुकको नागरिकता वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपाली हुनुपर्नेछ । सार्क राष्ट्रका सदस्यमा भारत, पाकिस्तान, श्रीलंका, माल्दिप्स, भुटान, बंगलादेश र अफगानिस्तान छन् ।

यस्तो संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासन गर्नुपर्नेछ । यसअघि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गर्ने कम्पनी जसरी नै स्वीकृति माग गर्नुपर्ने र स्वीकृति प्राप्त गर्नुपर्नेछ । 

विवरणपत्र पनि यअघिका कम्पनीजसरी नै प्रकाशन गर्नुपर्नेछ । तर, आईपीओमा गैरआवासीय नेपालीले मात्र आवेदन दिन पाउनेछन् ।

सेयर बाँडफाँट भएको एक वर्षको अवधि पूरा नभई दोस्रो बजारमा खरिदबिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । खरिदबिक्री पनि गैरआवासीय नेपालीहरूबीच मात्र हुनेछ । आईपीओमा गैरआवासीय नेपालीहरूले न्यूनतम एक हजारका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १० ले भाग जाने गरी आवेदन दिन पाउने व्यवस्था गर्नुपर्नेछ । आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ । 

गैरआवासीय नेपालीका लागि हितग्राही खाता खोल्दा निक्षेप सदस्यले विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछन् । आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले गैरआवासीय नेपालीका लागि विद्युतीय माध्यमबाट सेयर आवेदन दिने व्यवस्था गर्न सक्नेछ ।

आईपीओमा आवेदन दिन आफ्नो नाममा गैरअवासीय नेपालीको नेपाली रुपैयाँको बैंक खाता हुनुपर्नेछ ।

उक्त फन्डमा नेपाल सरकारको पाँच प्रतिशत लगानी छ । दश प्रतिशत सेयर गैरआवासीय नेपाली संघको र बाँकी ८५ प्रतिशत सेयर विदेशमा रहेका नेपाली गैरआवासीय नेपालीको हुनेछ । यो व्यवस्थासँगै अब गैरआवासीय नेपालीका लागि आईपीओ जारी हुनेछ ।

वि.सं. २०७८ वैशाखमा अर्थमन्त्री, अर्थसचिव तथा गभर्नरको उपस्थितिमा गैरआवासीय नेपालीको नौ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ लगानी हुने गरी यो फण्ड घोषणा गरिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro