site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीको बचत फिर्ता पाउने अवस्था बनाउनुपर्छ : नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारीका बचतकर्ताले बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् । बिहीबार सहकारीपीडितले काठमाडौंको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले उक्त रकम हिनामिना गर्नेलाई कारबाही र बचत फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका हुन् ।

उनले नेपालमा सहकारीका नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताका समस्या समाधान गर्न पनि सरकारसँग माग गरे । बचत रकम फिर्ताको माग गर्दै बुधबार माइतीघरमा प्रदर्शनमा उत्रिएका पीडितमाथि दमन गरिएको भन्दै उनले आपत्ति समेत जनाए ।

माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा केही बचतकर्ता घाइते भएका थिए । घाइतेलगायत पीडितले बिहीबार पुनः माइतीघरमा प्रदर्शन गरेका हुन् । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro