site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो

काठमाडौं । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्मित आयोजनाका ३७/३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन थालिएको छ ।

आयोजनाबाट बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरिएको थियो । परीक्षण सफल भएपछि अब क्रमशः बिजुली उत्पादन बढाउँदै लगिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सबै युनिटबाट परीक्षण र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।

रसुवागढीबाट उत्पादित बिजुली हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग व्यवस्थापनका निम्ति सहज हुनेछ । सुक्खायाम सुरु भएसँगै भोटेकोसी नदीमा पानीको बहाव घट्न थालेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयाममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।

निर्माण अवधिकको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro