site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकार विवाद फैसलाको पूर्णपाठ : केदार कार्की अगाडि नै पदमुक्त भइसकेको ठहर 

काठमाडौं । सर्वोच्च अदालतले कोसी सरकार विवादमा यही ०८१ असार ११ मा गरेको फैसलाको पूर्णपाठ तयार गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासबाट भएको फैसलाको पूर्णपाठ तयार भएको हो । 

त्यसबेला केही दिनमै पूर्णपाठ नै आउने भएकोले संक्षिप्त आदेश नआउने जानकारी सर्वोच्च प्रशासनले गराएको थियो । तर, सर्वोच्चको फैसलाको पूर्णपाठ पाँच महिनामा प्रकाशित भएको हो । फैसलाले मुख्यमन्त्री आफू नै कायम रहेको भन्दै निरन्तर काम गर्ने आदेश मागेका तत्कालीन मुख्यमन्त्री केदार कार्कीको रिट खारेज गरिदिएको थियो । 

फैसलाको पूर्णपाठमा समर्थन दिएका दलले विश्वासको मत फिर्ता लिएको ३० दिनमा विश्वासको मत नलिएपछि मुख्यमन्त्री केदार कार्कीको पद संविधानको धारा १८८(३) अनुसार रिक्त भइसकेको उल्लेख गरिएको छ । त्यसबाहेक फैसलाले संविधानको धारा ७६(५) अनुसारको सरकार बनाउँदा केन्द्रमा र धारा १६८(५) अनुसारको सरकारका बनाउँदा प्रदेशसभामा जुनसुकै सदस्यले बहुमत जुटाउने स्वतन्त्रता प्राप्त गरे पनि उपधारा (२) अनुरुपको भनेकाले ती सदस्यहरू दलको सदस्य नै हुने पनि व्याख्या गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro