site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रिमै’को छायांकन सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘रिमै’को छायांकन सुरु भएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए ।

चलचित्रको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । चलचित्र अब एक महिना गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ । 

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

चलचित्रमा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङलगायत कलाकारको अभिनय रहनेछ । 

वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको चलचित्रमा बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।  

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro