site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर १०० फास्ट चार्जिङ स्टेसन बनाउन शारडा र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्न शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तार गर्न दुवै पक्षले डीसी फास्ट चार्जिङ स्टेसनको सञ्जाल विकास गर्न औपचारिक रूपमा एक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

ईभी प्रयोगकर्तालाई सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउन र राष्ट्रव्यापी रूपमा वातानुकूलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

सम्झौताअनुसार, एक वर्षभित्र देशभर १०० स्थानमा फास्ट चार्जर स्थापना गर्ने लक्ष्य राखिएको छ । हाल देशभर १६ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा छन् ।

उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ ।

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना हुने बताइएको छ ।

शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो । गोल्छा अर्गनाइजेसन नेपालका निम्ति लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro