राजनीति
काठमाडौं । यही मंसिर १६ गते मेयर र दुई वडा अध्यक्ष पदका लागि निर्वाचन हुने कीर्तिपुरमा उमेदवारविरुद्ध कुनै उजुरी परेन । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दीरा कार्कीले सोमबार दिउँसो ३ बजेसम्ममा कुनै उजुरी नपरेको बताइन् ।
उपनिर्वाचनका लागि आइतबार उमेदवारी दर्ता भएको थियो । कीर्तिपुर नगरपालिकाको मेयर पदमा २०, वडा नम्बर १ को अध्यक्षमा ९ र वडा नम्बर ४ को अध्यक्षमा १३ जनाको उमेदवारी परेको छ । उपनिर्वाचनका उमेदवारविरुद्ध उजुरी दिने समय आज तय भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ १६:५७
प्रतिक्रिया दिनुहोस्