site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरनेट कम्पनीको आय दशबाट २१ अर्ब पुग्दा टेलिकमको ९२ बाट घटेर ७२ अर्ब
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा पछिल्ला वर्षहरूमा उतारचढाव बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत पाँच वर्षमा यस क्षेत्रको वार्षिक आम्दानी निरन्तर घट्दै गएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा इन्टरनेट तथा नेटवर्क र दूरसञ्चार सेवाप्रदायक कम्पनीको गरी दूरसञ्चार क्षेत्रको कुल आय एक खर्ब दुई अर्ब ९७ करोड १६ लाख रुपैयाँ थियो । पाँच वर्षपछि आर्थिक वर्ष २०७९/०८० मा यो आय घटेर ९४ अर्ब २४ करोड १७ लाखमा झरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा दूरसञ्चार सेवाप्रदायकको आम्दानी निरन्तर घट्दै गएको छ । इन्टरनेट सेवाप्रदायक (आईएसपी) एवं नेटवर्क सेवाप्रदायकको आम्दानी भने निरन्तर बढ्दो छ ।

आर्थिक वर्ष २०७५/०७६ मा दूरसञ्चार कम्पनीको आम्दानी ९२ अर्ब १२ करोड ३७ लाख रुपैयाँ थियो । त्यसपछिका वर्षमा निरन्तर घटेर आर्थिक वर्ष २०७९/०८० मा दूरसञ्चार सेवाप्रदायक कम्पनीको आम्दानी ७२ अर्ब ८४ करोड ३४ लाखमा झरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ८१ अर्ब २० करोड, आ.व. २०७७/०७८ मा ७५ अर्ब ७१ करोड र २०७८/०७९ मा टेलिकमको आम्दानी ७७ अर्ब पाँच करोड थियो ।

यता, इन्टरनेट तथा नेटवर्क सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७५/०७६ मा १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ थियो । त्यसयताका वर्षमा निरन्तर बढ्दै आर्थिक वर्ष २०७९/०८० मा इन्टरनेट कम्पनीको आम्दानी २१ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । 

आ.व. २०७६/०७७ मा ११ अर्ब ३६ करोड, २०७७/०७८ मा १५ अर्ब ४८ करोड र २०७८/०७९ मा इन्टरनेट कम्पनीको आम्दानी २१ अर्ब ३६ करोड थियो ।

टेलिकम कम्पनीको आम्दानी घटे पनि प्रयोगकर्ता भने बढेका छन् । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ६२ लख ८८ हजार रहेका मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर आर्थिक वर्ष २०८०/०८१ मा तीन करोड १२ लाख नाघेको छ ।

यस्तै, फिक्स्ड अथवा इन्टरनेट कम्पनीबाट इन्टरनेट प्रयोगकर्ताको संख्या उक्त पाँच वर्षको अवधिमा ४२ लाख एक हजारबाट बढेर एक करोड २३ लाख १२ हजार नाघेको छ ।

दुवै क्षेत्रमा प्रयोगकर्ता बढ्दै जाँदा र सेवा विस्तार थप हुँदा इन्टरनेट कम्पनीको आम्दानी बढे पनि टेलिकमको आय घट्दा समग्र दूरसञ्चार क्षेत्रको आय घटेको हो ।

टेलिकम कम्पनीले लाइसेन्स नवीकरण र अन्य सेवा शुल्कहरू चर्काे तिर्नुपर्दा सेवा विस्तारमा समस्या भएर आम्दानी गुमाइरहेको दाबी गर्दै आएका छन् ।

nta-telecom-isp-1731913537.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro