site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीमा ठगिएको ८७ अर्ब मकै पोल्नेको होइन, राजनीतिक भ्रष्टाचारीको हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीमा ठगिएको ८७ अर्ब रुपैयाँ मकै पोल्ने र जुत्ता सिलाउनेको नभएको धारणा सार्वजनिक गरेको छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहकारीमा ठगिएको ८७ अर्बमा केही रकम मात्र मकै पोल्ने र जुत्ता पालिस गर्नेको भएको बताए । उनले उक्त अरू रकम राजनीतिक भ्रष्टाचारीको भएको जिकिर गरे ।

“सहकारीको ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्ने छ । तपाईंहरूलाई लाग्छ कि त्यो सबै मकै पोल्ने र जुत्ता पालिस गर्नेको पैसा हो ? होइन नि,” झाले भने, “त्यो त राजनीतिक भ्रष्टाचारको पैसा हो ।”

उनले पुराना पार्टीले कालो धनको पैसा लुकाउन स्रोत खोल्नु नपर्ने हुनाले सहकारीमा लगेको बताए । एक करोड रुपैयाँभन्दा माथिको रकम भ्रष्टाचारीको भएको उनले दाबी गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro