site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रपति पौडेलबाट शोक प्रकट 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन् । ढुंगानापछि सभामुखको जिम्मेवारी समेत सम्हालेका राष्ट्रपति पौडेलले उनको मृत्युको खबरले आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

“पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ,” राष्ट्रपति पौडेलले आइतबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ ।”

नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगानाले पुर्‍याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने उनले उल्लेख गरेका छन् । “दुःखको यस घडीमा प्रिय मित्र ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,” राष्ट्रपति पौडेलले लेखेका छन् ।

पूर्वसभामुख ढुंगानाको आइतबार निधन भएको हो । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरण राष्ट्रपतिले गरेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro