site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्र विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्र छ ।

चालु आर्थिक वर्षका निम्ति सरकारले कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड रुपैयाँबराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२.३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५.६५ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँबराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाखबराबर विनियोजन भएकामा ९.८ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका निम्ति तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाखबराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

कात्तिक मसान्तसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको २२.३६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका निम्ति सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख रुपैयाँबराबर राजस्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षका निम्ति ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँबराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकामा हालसम्मको प्रगति शून्य छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro