site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वर्ल्डलिंकले सवा दुई अर्ब बक्यौता तिरेसँगै प्राधिकरणले थाल्यो सहजीकरण

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई दुई अर्ब १५ करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तान गरेको छ । कम्पनीले बक्यौता भुक्तान गरेसँगै नियामक निकायले सहजीकरण सुरु गरेको हो ।

यसअघि सबैजसो प्रमुख इन्टरनेट सेवा प्रदायकहरूले गैरदूरसञ्चार सेवाको आम्दानीमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) नलाग्ने भनेर नतिर्ने अडान राखेका थिए ।

यस विषयमा वर्ल्डलिंकले सर्वोच्च अदालतमा हालेको रिट गत वैशाख ३० मा खारेज भएको थियो । उक्त मुद्दाको पूर्णपाठ यसै कात्तिक १३ गते सार्वजनिक भएसँगै कम्पनीले सो रकम तिरेको हो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफबाफत दुई अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको हो ।

वर्ल्डलिंकले बक्यौता भुक्तान गरेसँगै नियमानुसार पाउने सहजीकरण अघि बढेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले शुक्रबार बताएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro