site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा चोरीका सुनको गरगहनासहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

हेटौँडा । चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१५ निवासी मनोज पुलामीमगर र हेटौँडास्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । हेटौँडाको उपमहानगरपालिका–८, कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित उनीहरूलाई पक्राउ गरिएको हो ।  

यही कात्तिक ७ गते अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाइल समेत चोरी भएको सूचनाका आधारमा चोरीमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

चोरीमा संलग्न मगरले चोरीका गरगहना, नगद र मोबाइलमध्ये केही सुनका गरगहना शिवशक्ति सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई बिक्री गरेको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो । पक्राउ परेकाहरूबाट चोरीका साढे तीन तोला सुन र पाँच तोला चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनामाथि अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro