site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनको मुखमा महाबुको प्रशासकीय अधिकृत फेरेपछि...

काठमाडौं । अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै गरेको दैलेखको महाबु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरेपछि सत्तारूढ नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायको सरुवा गरिएकोप्रति कांग्रेसले प्रश्न उठाएको हो । 

महाबुका सूचना अधिकारी अनिल कुमार पाण्डेका अनुसार, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई दैलेखकै भैरवी गाउँपालिकामा सरुवा गरिएको छ । उनको ठाउँमा पहिले सोही पालिकामा प्रशासकीय अधिकृत भइसकेका भलराम पंगालीलाई सरुवा गरिएको छ । केहीअघि नै सरुवा भए पनि निर्णय भने कार्यान्यवन भइसकेको छैन ।

सोही विषयमा शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न उठाएका हुन् । 

“दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन हुँदै छ, कार्यकारी प्रमुख चलाइएको छ । सरकारमा रहेको दलहरू, सरकार बाहिर रहेका कुनै पनि दलहरूले निर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभूति गर्ने अवस्था बन्नुपर्छ,” शर्माले बैठकमा भने । 

सोही विषयमा कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि चासो राखेका थिए । 

जवाफमा गृहमन्त्री रमेश लेखककले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग समन्वय गरिने बताए । “सरुवाको कुरा मकहाँ पनि आएको थियो । थप ध्यानाकृष्ट भएको छ । मन्त्रीजीसँग समन्वय गर्छु । निर्वाचनको स्वच्छता कायम हुन्छ,” उनले भने । 

उनले उपनिर्वाचन निष्पक्ष हुने समेत बताए । “उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढंगले हुन्छ । सुरक्षा प्रबन्ध मिलाइने छ । निर्वाचन आयोगलाई सहयोग गर्ने कुरामा सरकार तयार छ,” उनले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro