site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरलाको २४ नं. पिलर : छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ ! 

कोरला (मुस्ताङ) । काठमाडौं कलंकीका रिकेश खड्का बुरुक्क उफ्रिएर २४ नं. पिलरमाथि उक्लनासाथ तिर..तिर... सिटी बज्यो । सुरक्षाकर्मीले उनलाई पिलरमाथि नबस्न निर्देशन दिए । पिलरमाथि उभिएर तस्बिर खिच्न खोजेका रिकेश ओर्लिएर नछोई एक दुई ‘स्न्याप’ तस्बिर खिचे । केही बेरपछि नै रिकेशजस्तै अर्का नेपाली युवकलाई पनि सुरक्षाकर्मीले रोके । 

रिकेशले बाह्रखरीसँग भने, “यो त चलचित्र लुटको गीतजस्तो रहेछ, छुनलाई होइन हेर्नचाहिँ पाइन्छ ।” उनले नेपाल–चीन सीमामा कडा सुरक्षा प्रबन्ध आफूले देखेको सुनाए । 

२४ नं. पिलर नेपाल–चीन सीमाको कोरला नाकामा अवस्थित छ । यही पिलरले दुई देशको सिमाना छुट्ट्याएको छ । 

यो वर्षको हिउँद सुरु हुनै लाग्दा धेरै आन्तरिक पर्यटक कोरला नाका घुम्न पुगिरहेका छन् । 

मुस्ताङका धेरैजसो पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको घुइँचो छ । समय र उत्साह हुनेहरू मुक्तिनाथ मास्तिर उपल्लो मुस्ताङको यात्रामा निस्किरहेका छन् । लोमन्थाङबाट २१ किलोमिटर यात्रा गरी कोरला पुग्न सकिन्छ । चिसो बढेपछि हिमपात हुने भएकले मंसिर १५ सम्म पर्यटकको चहलपहल हुने लोमन्थाङकी टासी शेर्पाले बताइन् ।

नेपाली सीमामा सशस्त्र प्रहरी बलले सुरक्षाको प्रबन्ध गरेको छ । चीनतर्फको भू–भागमा ठूला सीसी क्यामेराले वारि नेपालतर्फ सिमानाको निगरानी गरिन्छ । पारि चीनतर्फको तस्बिरहरू खिच्न रोक लगाइएको छ । 

भन्सार नाका कटेर चीन प्रवेश गर्न पाइँदैन । नेपालतर्फ चिनियाँ सामान बेच्न बसेका पसलेहरू छन् । चिनियाँ जुत्ता, चकलेट, ज्याकेट, चाउचाउ आदि नेपालतर्फ खरिद गर्न पाइन्छ । त्यहाँका व्यापारीका अनुसार, सीमा घुम्न पुग्ने नेपाली उनीहरूका ग्राहक हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro