site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुलामा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु
Tiktok banner adTiktok banner ad

बैतडी । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । 

दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका जोशीले बताए । 

घाइते सबैको अवस्था गम्भीर रहेको जोशीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए । घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro