site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टीभित्र गुट–उपगुट, विवाद छैन : परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनबारे समीक्षा भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग उनले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।

आफूहरूको आन्दोलनले पार्टीलाई मात्र नभई जनतालाई पनि फाइदा हुनुपर्ने उनले उल्लेख गरे । उनले विभिन्न कोणबाट खुला रूपमा पार्टीभित्र बहस र छलफल भइरहेको बताए ।

पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले आफूहरूबीच कुनै गुट–उपगुट नरहेको जिकिर गरे । कार्यवाहक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ थियो । “रास्वपामा आजसम्म त्यस्तो गुट छैन, पार्टी एकढिक्का छ,” उनले भने ।

उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा समेत पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए ।

यस्तै, रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साधेकाले आन्दोलन निरन्तर अघि बढाइने बताए । उनले सरकारको रवैयाविरुद्ध आसन्न उपनिर्वाचनलाई आन्दोलनका रूपमा नै अघि बढाइने सुनाए । उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नबनाउने उनले उल्लेख गरे । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro