site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रूपमा बन्द हुने 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नागढुंगा सडक आजदेखि आउँदो मंसिरर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ । 

नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।

सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुने जनाएको छ । 

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्न समेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro