site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्प सरकारको विदेशमन्त्रीमा मार्को रुबियो
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधबार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेशमन्त्री हुने घोषणा गरेका छन् । रुबियोलाई संयुक्त राज्य अमेरिकाको विदेशसचिव (विदेशमन्त्री)मा मनोनयन गरिएको घोषणा गर्न पाउनु आफ्ना निम्ति ठूलो सम्मानको विषय भएको ट्रम्पले बताएका छन् ।

ट्रम्पको घोषणासँगै रुबियोले विदेशसचिवको हैसियतमा विदेश नीति एजेन्डा पूरा गर्न हरेक दिन काम गर्ने प्रतिबद्धता जनाए ।

Dabur Nepal
NIC Asia

राष्ट्रपति प्रशासनका अरू मन्त्रिपरिषद् सदस्यका निम्ति जस्तै विदेशसचिवले पदभार ग्रहण गर्नुअघि सिनेटबाट अनुमोदन गर्नुपर्नेछ ।

रुबियोले सन् २०१६ को निर्वाचनमा असफल राष्ट्रपति अभियान चलाएका थिए, जसमा ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको कार्यकाल जितेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro