site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मंसिर १२ भित्र बक्यौता बुझाउन प्राधिकरणको निर्देशन 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो । 

“वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा आईआई र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला,” प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ । 

बिल अनुसारको बक्यौता महसुल १५ दिन (मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभए नियमानुसार प्रक्रिया अगाडि बड्ने प्राधिकरणले चेतावनी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro