site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक विश्वकपमा छनोट भएको यू–१९ महिला क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले पहिलोपटक विश्वकप खेल्ने छ, बधाई टिम नेपाल ।”

आज संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा भएको खेलमा आयोजक यूएईमाथि आठ विकेटको ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो । यूएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यू–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ । 

विश्वकपसँगै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि समेत नेपाल छनोट भएको हो । यू–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहने छ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बंगलादेश र मलेसिया सहभागी हुने छन् । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्