site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खराब मौसमका कारण हेलिकप्टर ल्यान्ड नभई फर्कियो, १६ जना उद्धारको पर्खाइमा
फाइल तस्बिर ।

मलेखु (धादिङ) । गणेश हिमाल बेसक्याम्प नजिकै हाई अल्टिच्युडका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर ल्यान्ड गर्न नसकेपछि फर्किएको छ । खराब मौसमका कारण ल्यान्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरूलाई उद्धार नगरेरै हेलिकप्टर फर्किएको हो ।

पटकपटक ल्यान्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

ट्रेकिङ टोलीमा रहेका रुबिभ्याली गाउँपालिकाका विपीन तामाङका अनुसार, गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दुरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगाना बिरामी परेका छन् । ट्रेकिङमा रहेका ११ जना भने रुबिभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन् ।

पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुबिभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली ६ दिनदेखि यात्रामा छन् । सोमबार राति त्यस स्थानमा पुगेका उनीहरू हाई अल्टिच्युडका कारण बिरामी परेका थिए ।

त्यस स्थान नजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज बिहानदेखि ६ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए ।

“फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दुरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राति त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ,” तिमल्सिनाले भने ।

ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए । रासस

  

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro