site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीश राउतको प्रश्न– गलतलाई गलत भन्न सकिएन भने समाज कता जान्छ ?
फाइल तस्बिर ।

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशले परिणाम खोजेको भन्दै त्यसको जिम्मा लिने व्यक्तिहरू तयार रहनुपर्ने बताएका छन् । बुधबार कान्तिपुर कन्क्लेभमा प्रधानन्यायाधीश राउतले न्यायपालिकाको जिम्मा आफूले लिने भन्दै चौथो अंग र कार्यपालिका व्यवस्थापिकाको जिम्मा कसले लिने भन्दै प्रश्न उठाए ।

प्रधानन्यायाधीश राउतले भने, “न्यायपालिकाको जिम्मा म लिन्छु, राज्यको चौथो अंगको जिम्मा कसले लिन्छ ? अरु क्षेत्रको जिम्मा कसले लिन्छ ? अरुले जिम्मा लिन्छ लिँदैन थाहा छैन, मेरो ठाउँको जिम्मा म लिन्छु ।”  

प्रधानन्यायाधीश राउतले मुलुकले बौद्धिक छलफल मात्र नखोजेको भन्दै परिणाम दिने काम गर्न आवश्यक रहेको बताए । परिणाम दिन नसके निराशा र वितृष्णामाथि विजय प्राप्त नहुने उनको भनाइ थियो ।

“मुलुकले खोजेको के हो, मुलुकले बौद्धिक छलफल होइन परिणाम खोजेको छ । तपाईंले परिणाम दिनुहुन्छ विश्वास जन्मिन्छ । त्यो विश्वास हाम्रा सुकर्महरूबाट आउँछ, सत्प्रयासबाट आउँछ,” राउतले भने, “परिणाममुखी हुनुपर्छ । हैन भने निराशा र वितृष्णामाथि हामीले विजय पाउन सक्दैनौँ ।” 

त्यहीकारण अध्ययन प्रतिवेदन बनाएर थन्क्याउने अभ्यास छोडेर परिणामका लागि एक्सनमा जानु आवश्यक रहेको उनले बताए । “हामीले बौद्धिक छलफल होइन एक्सन ओरियन्टेड काम मात्र गर्नुपर्छ, यो दराजमा प्रतिवेदन थन्क्याउने कामले हुँदैन,” राउतले भने ।

उनले समाजले सहीलाई सही र गलतलाई गलत भन्ने ल्याकत गुमाउँदै गएको र त्यो सकिन्छ वा सकिँदैन भन्दै प्रश्न गरे । सहीलाई सही र गलतलाई गलत भन्न मान्छेमा निष्ठाको आवश्यकता हुने उनको भनाइ थियो ।

“हामीले राइटलाई राइट र रंङलाई रङ भन्न पनि सकेका छैनौँ । त्यो सकिँदैन वा कहिलेबाट सकिन्छ ?,” प्रश्न गर्दै राउतले भने, “मेरो विचारमा प्रचुर मात्रामा निष्ठा भएन भने रङलाई रङ राइटलाई राइट भन्ने सामर्थ्य कसैले राख्दैन । आज मान्छेले गलतलाई गलत भन्ने सामर्थ्य पनि गुमाए जस्तो लाग्दैछ ।”

उनले यो अवस्थाले देशले दुर्घटनाको बाटो तय गर्ने चेतावनी दिए । त्यसबाट फकाउने एउटै माध्यम सत्यको मात्र वकालत रहेको उनको सुझाव थियो ।

“यदि गलतलाई गलत भन्ने सामर्थ्य गुम्न थाल्यो भने दुर्भाग्यको श्रृंखला कहिले पनि रोकिँदैन ।  त्यसले जहिले पनि निरन्तरता पाइरहन्छ,” राउतले भने, “आफ्नो समय र कालखण्डमा यो भन्न सक्नुपर्दछ । अब हामीले ढिला नगरी सत्यको मात्र वकालत गर्नुपर्ने समय आइसक्यो ।”  

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro