site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाँच महिनापछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिँदै नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलले टिमले आज पाँच महिनापछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।  

पछिल्लोपटक गत जुनमा अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ताजाकिस्तानविरुद्ध खेल्न लागेको हो । नेपालले गत जुनमा विश्वकप छनोटअन्तर्गत यमनविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

ताजाकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र ताजाकिस्तान सात वर्षपछि भिड्न लागेका हुन् । यी दुई टिमबीच पछिल्लो पटक सन् २०१७ मा प्रतिस्पर्धा भएको थियो । एएफसी एसिया कप छनोटअन्तर्गत भएका दुई खेल ताजाकिस्तानले २–१ र ३–० ले जितेको थियो । 

नेपालले फिफाको नोभेम्बर विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । आजको खेलपछि नेपालले आगामी शनिबार अफगानिस्तानविरुद्ध अर्को मैत्रीपूर्ण फुटबल खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro