site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मंगलबार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ ।

टोलीका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे । मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताए । 

ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले नेपालको क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने प्रयासका क्रममा एनपीएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए । क्यानका सचिव पारस खड्काले एनपीएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताए । 

टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्षदेखि आफू क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिए । 

अनिता चलाउने, चक्र बम, टंक तिमिल्सिनाको स्वर र एनएक्स मसको संगीत संयोजन रहेको सुदूरपश्चिम रोयल्सको टिम एन्थम पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । यसक्रममा सुदूरपश्चिमको पहिचान दर्साउन दशरथ सुनारले निर्देशन गरेको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

टोलीका मालिक शाहले एनपीएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने तर्क राखे । सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमि रहेको औंल्याउँदै उनले भविष्यमा खेलाडी तयार पार्ने प्रतिबद्धता व्यक्त गरे ।

क्यानको आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro