site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यस्तो छ ‘कार्साङ’मा जितुको क्यारेक्टर लुक्स 

काठमाडौं । चलचित्र ‘कार्साङ’मा जितु नेपाल कसरी प्रस्तुत हुँदैछन् ? त्यसको क्यारेक्टर पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको छ । 

जितु कालो टोपी, चेक सर्ट, ज्वारीकोट, कालो पाइन्टमा छन् । लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन् । हातमा बोकेको कचौरोमा छ्याङ रहेजस्तो अनुमान लगाउन सकिन्छ । उनको यो गेटअपले उनी कुनै लेकाली भूमिका स्थानीयजस्तो देखिन्छन् । 

Dabur Nepal
NIC Asia

पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने संकेत गरेको छ । पोस्टरको यो ‘स्टेटमेन्ट’ले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । 

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुँदै छ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro