site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने आश्वासन

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा आएका छन् । उनले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे ।

त्यसक्रममा उनले रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रूपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गर्ने आश्वासन दिए ।

उनले सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।

उनले डडेल्लधुरा प्राकृतिकरूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने बताए । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उनको भनाइ छ । रासस
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्