site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियामा लुकेका हिजबुल्लाहका कमान्डर मारिए, २० वर्षअघि गरेका थिए लेबनानी प्रधानमन्त्रीको हत्या
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजरायली सेनाले हवाई हमलामा हिजबुल्लाहका कमान्डर सलिम जमील अयासको हत्या गरेको छ । टाइम्स अफ इजरायलका अनुसार, सलिम सिरियाको हिजबुल्लाहको गढ रहेको अल–कुसेरमा लुकेका थिए । इजरायली सेनाको आक्रमणमा सलिमबाहेक अन्य आठ जनाको मृत्यु भएको छ ।

इरानको विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायललाई राष्ट्रसंघबाट निष्कासन गर्न माग गरेको छ ।

सलिम हिजबुल्लाहको युनिट १५१ का सदस्य थिए । अमेरिकाले उनीमाथि १० मिलियन डलर इनाम राखेको थियो । उनीमाथि लेबनानी प्रधानमन्त्री रफिक हरिरीको हत्यामा जिम्मेवार रहेको आरोप थियो । हरिरी लेबनानका सबैभन्दा लोकप्रिय सुन्नी मुस्लिम नेता थिए । उनी पाँचपटक देशको प्रधानमन्त्री भइसकेका थिए ।

१४ फेब्रुअरी २००५ मा हरिरीलाई बेरुतमा तीनहजार किलो विस्फोट पदार्थले भरिएको ट्रकले ठोकेर हत्या गरिएको थियो । आक्रमणमा उनीसँगै रहेका २१ जनाको पनि मृत्यु भएको थियो ।

संयुक्त राष्ट्र संघले हरिरीको मृत्युपछि लेबनानका लागि विशेष न्यायाधीकरण (एसटीएल) गठन गरेको थियो । सन् २०२२ मा एसटीएलले सलिमसहित तीन जनालाई रफिकीको हत्यामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो ।

तर, हत्यापछि तीनै जना फरार थिए । तत्कालीन हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले यी तीनलाई न्यायाधीकरणमा सुम्पन अस्वीकार गरेका थिए ।

एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro