site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमु प्रालिबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता गरिएको छ । नेपाल बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको हो ।

बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट हुनेछ । क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँबराबरकोे छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

छुट प्राप्त गर्न नेपाल बैंकका शाखामा सम्पर्क गरी ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro