site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याम्पियन्स ट्रफीका निम्ति भारतले पाकिस्तान भ्रमण नगर्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाकिस्तानमा हुने तालिका रहेको च्याम्पियन्स ट्रफीका निम्ति भारतीय क्रिकेट टिमले यात्रा नगर्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईसीसीलाई प्रतियोगिताका निम्ति आफ्नो टिमले पाकिस्तान भ्रमण नगर्ने जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आठ टिमको सहभागिता रहने च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ सम्म पाकिस्तानका विभिन्न सहरमा आयोजना गरिने तालिका छ ।

पाकिस्तानमा यसअघि आयोजित एसिया कपमा पनि भारतीय टिमले जान अस्वीकार गरेको थियो । भारतीय टिमकै दबाबमा पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन गरेको थियो । त्यति बेला अरू टिमका खेल पाकिस्तानमा गरिएको थियो । भारतीय टिमले भने आफ्ना सबै खेल श्रीलंकामा खेलेको थियो ।

यसपटक च्याम्पियन्स ट्रफीका निम्ति पनि हाइब्रिड मोडेल अपनाउन पाकिस्तानमाथि दबाब थपिएको छ । तर, पीसीबीका अध्यक्ष मोहसिन नाक्भीले प्रतियोगितालाई हाइब्रिड मोडेलमा लैजान नसकिने जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले च्याम्पियन्स ट्रफीमा भारत सहभागी नभए पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्न सक्ने जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro