site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ग्यालेक्सी ए१६ फाइभजी नेपालमा, ६ वर्षको अपडेट सुविधासहित यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी ए१६ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले किफायती मिडरेन्ज स्मार्टफोन भनेको ए१६ फाइभजीमा ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आइल्यान्ड’सहितको प्रिमियम डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम रहेको जनाइएको छ ।

यही नोभेम्बर ९ मा काठमाडौंमा गायक वाङ्देन शेर्पाको उपस्थितिमा ओटाकु जात्रामा ग्यालेक्सी ए१६ फाइभजी सार्वजनिक गरिएको कम्पनीले जानकारी गराएको छ ।

नयाँ फोनबारे सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्दै प्रयोगकर्तालाई लामो समयसम्म नवीनतम सुविधा दिने बताए ।

मोटाइ ७.९ मिलिमिटर रहेको यो फोन ग्यालेक्सी ए सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरण भएको कम्पनीको भनाइ छ ।

फोनमा प्रिमियम फिनिस र विशिष्ट कि आइल्यान्ड फ्रेमसहित ग्लासस्टिक ब्याक प्यानलको सुविधा छ । किनारमा रहेका बटन प्रयोग गर्न सजिलो होस् भनेर हल्का रूपमा उठाइएको फ्रेममा राखिएको कम्पनीले जनाएको छ ।

यस्तो छ फिचर
ग्यालेक्सी ए१६ फाइभजीमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र २ मेगाक्सिेलको म्याक्रो क्यामेरा छ । सेल्फी क्यामेरा १३ मेगापिक्सेलको छ ।

६.७ इन्च फुल एचडीप्लस सुपर एमोलेड डिस्प्ले रहेको फोनमा ९० हर्जको रिफ्रेस रेट र मेमोरी एक टेराबाइटसम्म थप्न सकिने सुविधा छ । मिडियाटेक डी६३०० चिपले गेमिङ, स्ट्रिमिङ र सामग्री सेयर गर्न उत्कृष्ट पफर्मेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।

५ हजार एमएएचको ब्याट्रीसँगै ग्यालेक्सी ए१६ फाइभजीमा सामसङ नक्स भल्टको सुरक्षा सुविधा छ ।

कालो, हल्का हरियो र सुनौला रङमा उपलब्ध फोनको ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको प्रतिमूल्य २८ हजार ९९९ रुपैयाँ कायम छ ।

यस्तै, ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेका भेरियन्टको मूल्य ३० हजार ९९९ रुपैयाँ राखिएको छ । ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ कायम छ ।

आउँदो मंगलबारदेखि बजारमा उपलब्ध हुने फोनको खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क पाइन्छ । शून्य प्रतिशत ब्याजदरमा इन्स्टा फाइनान्समार्फत पनि फोन किन्न सकिने सामसङले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro