site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी ठगबाट पैसा असुल गरी पीडितको रकम फिर्ता गर्छौं : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरूबाट असुलउपर गरेर पीडितको रकम फिर्ता गराउने बताएका छन् । शनिबार (हिजों काठमाडौंमा राष्ट्रिय फोटोपत्रकार समूह, नेपालको २७औँ वार्षिक साधारणसभामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले वर्तमान सरकारले राम्रो काम गरिरहेको उल्लेख गरे । देशमा सहकारीपीडित नागरिक धेरै भएको भन्दै मन्त्री यादवले उनीहरूको पैसा फिर्ता गराउनका निम्ति सरकारको कदम अघि बढेको बताए ।

Dabur Nepal
NIC Asia

उनले ६०० भन्दा बढी सहकारी ठगलाई सरकारले प्रहरी ‘कस्टडी’मा ल्याएको सुनाए । गल्ती गर्नेहरू ठूला राजनीतिक दल नै भए पनि सरकारले नछोड्ने उनले बताए ।

“...सहकारीपीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको छ,” उनले भने, “त्यसको निमित्त अहिले ६०० जनाभन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको छ ।”

जुलुस, आन्दोलन गरेर सहकारीपीडितले न्याय नपाऊन् भन्ने हेतुबाट काम भइरहेको उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लक्षित टिप्पणी गरे । उनले वर्तमान सरकारले गल्ती गर्नेलाई छुट नदिने जिकिर गरे ।

“यहाँ जुलुस, आन्दोलन गरेर सहकारीपीडितले न्याय नपाऊन् भन्ने हेतुबाट काम भइरहेका छन्, तर सरकार डराउँदैन । सरकारले काम अघि बढाइसकेको छ,” उनले भने ।

ढोरपाटन नगरपालिकाका मेयर नेकपा (एमाले)बाट रहेको र सोही पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पनि सहकारीको रकम अपचलन आरोपमा उनलाई अनुसन्धानमा ल्याइएको मन्त्री यादवले बताए ।

आन्दोलन गरेर समस्या बल्झाउन खोजिएको भन्दै उनले विरोध गर्नेहरू सफल नहुने उल्लेख गरे । उनले सरकारले भनेको काम पूरा गरिरहेको बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro