site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटी सन् २००६ यताकै खराब लयमा, ब्राइटनसँग २–१ ले पराजित

काठमाडौं । पेप ग्वार्डिओला मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्यानचेस्टर सिटीले पहिलोपटक लगातार चार खेलमा हार बेहोरेको छ ।

सिटीले सन् २००६ पछि लगातार चार खेलमा हार बेहोरेको हो । प्रिमियर लिगअन्तर्गत शनिबार राति ब्राइटनसँग २–१ ले पराजित भएसँगै सिटीले यो खराब कीर्तिमान बनाएको हो ।

ब्राइटनविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाए पनि सिटीले यसलाई कायम राख्न सकेन । खेलको २३औँ मिनेटमा एर्लिङ हाल्यान्डको गोलमा सिटीले अग्रता बनाएको थियो । जारी सिजन प्रिमियर लिगमा हाल्यान्डको यो १२औँ गोल हो ।

तर, ७८औँ मिनेटमा जाओ पेड्रोले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि म्याट ओरिलेले गोल गर्दै ब्राइटनलाई सनसनीपूर्ण जित दिलाएका हुन् ।

जितसँगै ११ खेलबाट १९ अंक जोडेको ब्राइटन तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक जोडेको सिटी भने तालिकाको दास्रो स्थानमा छ । यो हारसँगै सिटी शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंकले पछि परेको छ लिभरपुलले ११ खेलबाट २८ अंक जोडेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro